काठमाडौं। नेपाली क्रिकेट टोलीले ओमनविरुद्ध फितलो ब्याटिङ गरेको छ। एसीसी प्रिमियर कपको सेमिफाइनलमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४५.४ ओभरमा १४७ रन बनाएर अलआउट भएको हो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय इनिङ्स खेल्दै टोलीलाई सम्मानजनक स्थितिमा पुर्याए पनि अन्य ब्याटर चल्न सकेनन। ऐरीले सर्वाधिक ५१ रन बनाउँदा बसीर अहमदले ४७ रन बनाए। अन्य कुनै ब्याटरले १५ रन पनि पुर्याएनन्।
नेपाललाई धराशायी बनाउन ओमनका जय ओडेरा र हसनयन शाहले समान ३ विकेट लिँदा मोहम्मद इमरानले २ तथा सकिल अहमद र मुजिबुर अलीले समान १ विकेट लिए।
आजको खेलको विजेता टोली फाइनलमा पुग्नेछ। यो प्रतियोगिताको च्याम्पियन टोलीले मात्र एसीसी एसिया कप खेल्ने अवसर पाउनेछ। अर्को सेमिफाइनलमा यूएई र हङकङ प्रतिस्पर्धामा छन्।











