एमभी दुगड ग्रुप र कर्मचारीका तर्फबाट प्रधानमन्त्री कोषमा एक करोड ११ लाख सहयोग



बिजमाण्डू
२०८३ भदौ २२ गते २०:४० | Sep 7, 2026
एमभी दुगड ग्रुप र कर्मचारीका तर्फबाट प्रधानमन्त्री कोषमा एक करोड ११ लाख सहयोग


काठमाडौं। एमभी दुगड ग्रुपले रसुवा बाढी पीडितको सहयोगमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ११ लाख रूपैयाँ सहयोग गरेको छ।

Vigo
GBIME
Tata

विस्थापित तथा प्रभावित नागरिकहरूको उद्दार, राहत र पुनःस्थापनाका लागि ग्रुप तथा ग्रुपको अटोमोबाइल्स डिभिजनमा कार्यरत कर्मचारीहरूको स्वेच्छिक आर्थिक सहयोग समेत गरेर कूल १ करोड ११ लाख बराबरको चेक हस्तान्तरण गरिएको हो।

अर्थ मन्त्री स्वर्णिम वाग्लेलाई ग्रुपका अध्यक्ष मोतीलाल दुगड, उपाध्यक्ष विवेक दुगड तथा संचालक शुभम दुगडले चेक हस्तान्तरण गरेका हुन्।

ग्रुपले विपद्को सामना गर्न नेपाल सरकारसँग हातेमालो गर्दै मानवीय सहयोग र सामाजिक उत्तरदायित्व निर्वाह गर्न प्रतिबद्ध रहेको पनि जनाएको छ। विपद्पछि जलवायु परिवर्तन कारक रहेको देखिएको उल्लेख गर्दै ग्रुपले २०७८ सालदेखि देशव्यापी रूपमा वृक्षारोपण कार्यक्रम संचालन गर्दै आएको पनि जनाएको छ।

हालसम्म वन क्षेत्रमा ३ लाखभन्दा बढी बोटबिरुवा तथा ६ किलोमिटरभन्दा लामो राजमार्ग खण्ड, विभिन्न विद्यालय, प्रहरी कार्यालय र सशस्त्र प्रहरी कार्यालय परिसरमा २५ हजारभन्दा बढी उन्नत जातका फलफूलसहितका बिरुवा रोपी संरक्षण गर्ने कार्य भएको ग्रुपले जनाएको छ।