कृष्णभीरको पहिरोले बिग्रिँदै आपूर्ति शृङ्खला, मन्त्रालयले अघि सार्‍यो ग्याबियन ब्रेस्ट वालको विकल्प



बिजमाण्डू
२०८३ भदौ १६ गते २०:३४ | Sep 1, 2026
कृष्णभीरको पहिरोले बिग्रिँदै आपूर्ति शृङ्खला, मन्त्रालयले अघि सार्‍यो ग्याबियन ब्रेस्ट वालको विकल्प
फाइल फोटो


काठमाडौं। पूर्वाधार विकास मन्त्रालयले पृथ्वी राजमार्गको वैकल्पिक व्यवस्थाका लागि कृष्णभीरको हिलसाइडमा ग्याबियन ब्रेस्ट वालमाथिबाट सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी आवश्यक संरचना निर्माणको कार्य अघि बढाउने निर्णय गरेको छ।

Vigo
GBIME
Tata

विपद् प्रभावित क्षेत्र र राजधानीसँगको आपूर्ति शृङ्खला पुनर्स्थापना गर्न मन्त्रालयले वैकल्पिक योजना अघि सारेको हो।

कृष्णभीरको दीर्घकालीन समाधानका लागि टनेल, सोइल नेलिङ, सिट पाइललगायतका विकल्पबारे सडक विभागले आवश्यक अध्ययन गर्ने पनि मन्त्रालयले निर्णय गरेको छ। टनेल वा बाइपास सडक निर्माणका सम्भावित विकल्पहरूको तत्काल अध्ययन गरी चालु वर्षको अन्त्यसम्म वैकल्पिक सडक व्यवस्था गर्ने पनि मन्त्रालयले निर्णय गरेको छ।