रिद्धिसिद्धि र सौर्य सिमेन्टले संयुक्त रुपमा प्रधानमन्त्री कोषमा एक करोड एक लाख रुपैयाँ दिए



बिजमाण्डू
२०८३ भदौ १६ गते १९:५७ | Sep 1, 2026
रिद्धिसिद्धि र सौर्य सिमेन्टले संयुक्त रुपमा प्रधानमन्त्री कोषमा एक करोड एक लाख रुपैयाँ दिए


काठमाडौं। दुई सिमेन्ट उद्योगले भोटेकोसी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड एक लाख रुपैयाँ सहयोग गरेको छ।

Vigo
GBIME
Tata

रिद्धिसिद्धि र सौर्य सिमेन्टले क्रमश: ५० लाख र ५१ लाख रुपैयाँ सहयोग गरेका हुन्। रिद्धिसिद्धि सिमेन्टका अध्यक्ष हरि न्यौपानेले मंगलबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई एक करोड एक लाख बराबरको चेक हस्तान्तरण गरे।

अध्यक्ष न्यौपानेले मुलुकमा विपत्तिले ठूलो संकट पारेको बताउँदै त्यो विपत्तिमा निजी क्षेत्रबाट साथ दिनका लागि सरकारलाई सहयोग गरेको बताए। यो दुबै सिमेन्ट उद्योग शंकर र अम्बे समूहको लगानी छ। सौर्य सिमेन्टमा गोल्छा समूहको पनि लगानी रहेको छ।