काठमाडौं। देशकै ठूलो व्यवसायिक घराना विशाल समूहले भोटेकोशी बाढीबाट प्रभावितका लागि २ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ।
समूहका प्रबन्ध निर्देशक अशोककुमार अग्रवालले मंगलबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सो रकम बराबरको चेक हस्तान्तरण गरे। समूहले सामाजिक उत्तरदायित्व वहन गर्दै संकटका बेलामा सहयोग गरेको जनाएको छ।
‘हामीसँग आवद्ध अरु कम्पनीबाट पनि सहयोग भइरहेको छ। तर, हामीले पनि संकटमा परेको बेलामा कर्तव्य र दायित्वबोध गरेर यो सहयोग गरेका हौं,’ समूहले भनेको छ।










