काठमाडौं। नेपाल स्टक एक्सचेन्जले बाढी प्रभावितको राहतका लागि सरकारलाई १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ दिएको छ। नेप्सेले सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ।
नेप्सेले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाढी प्रभावितको राहत र पुनर्स्थापनाका लागि सहयोग गरेको जनाएको छ।
नेप्सेका अध्यक्ष अमृत लम्साल, सञ्चालक देवनारायण पौडेल, कामु सीइओ लिलाधर सुवेदी लगायतले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका छन्।










