BIZMANDU
www.bizmandu.com

बाढी प्रभावितको पुनर्स्थापनाका लागि नेप्सेले सरकारलाई दियो १ करोड ११ लाख रुपैयाँ

२०८३ भदौ १६

बाढी प्रभावितको पुनर्स्थापनाका लागि नेप्सेले सरकारलाई दियो १ करोड ११ लाख रुपैयाँ
बाढी प्रभावितको पुनर्स्थापनाका लागि नेप्सेले सरकारलाई दियो १ करोड ११ लाख रुपैयाँ

काठमाडौं। नेपाल स्टक एक्सचेन्जले बाढी प्रभावितको राहतका लागि सरकारलाई १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ दिएको छ। नेप्सेले सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ।

Vigo
GBIME
Tata

नेप्सेले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाढी प्रभावितको राहत र पुनर्स्थापनाका लागि सहयोग गरेको जनाएको छ।

नेप्सेका अध्यक्ष अमृत लम्साल, सञ्चालक देवनारायण पौडेल, कामु सीइओ लिलाधर सुवेदी लगायतले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका छन्।