सिग्नेचर विस्की तथा स्मिरनोफ भोड्का जस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरूको उत्पादक नेपाल लिकर्स प्रा. लि. ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग हस्तान्तरण गरेको छ।
गत बुधबारको विपदपछि राहत र पुनःस्थापना कार्यलाई सघाउन नेपाल लिकर्स र कम्पनीमा कार्यरत कर्मचारीहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड एक लाख रुपैयाँ सहयोग प्रदान गरिएको हो।
कम्पनीले सबैको ससाना सहयोग र सहकार्यले नै पुनर्निर्माणको ढोका खोल्नेमा विश्वास रहेको उल्लेख गरेको छ। त्यस्तै, प्रभावित क्षेत्रमा सबैलाई आआफ्नो तर्फबाट सक्दो सहयोग पुर्याउन आग्रह पनि गरिएको छ।









