BIZMANDU
www.bizmandu.com

नेपाल लिकर्स र कर्मचारीको तर्फबाट राहत कोषमा एक करोड एक लाख रुपैयाँ सहयोग

२०८३ भदौ १६

नेपाल लिकर्स र कर्मचारीको तर्फबाट राहत कोषमा एक करोड एक लाख रुपैयाँ सहयोग
नेपाल लिकर्स र कर्मचारीको तर्फबाट राहत कोषमा एक करोड एक लाख रुपैयाँ सहयोग

सिग्नेचर विस्की तथा स्मिरनोफ भोड्का जस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरूको उत्पादक नेपाल लिकर्स प्रा. लि. ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग हस्तान्तरण गरेको छ।

GBIME
Tata

गत बुधबारको विपदपछि राहत र पुनःस्थापना कार्यलाई सघाउन नेपाल लिकर्स र कम्पनीमा कार्यरत कर्मचारीहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड एक लाख रुपैयाँ सहयोग प्रदान गरिएको हो।

कम्पनीले सबैको ससाना सहयोग र सहकार्यले नै पुनर्निर्माणको ढोका खोल्नेमा विश्वास रहेको उल्लेख गरेको छ। त्यस्तै, प्रभावित क्षेत्रमा सबैलाई आआफ्नो तर्फबाट सक्दो सहयोग पुर्‍याउन आग्रह पनि गरिएको छ।