बाढीले ल्याएको सेफमा ९२ लाख ६८ हजार रुपैयाँ, फोर्न संलग्नता आरोपमा २९ जना पक्राउ

बिजमाण्डू
२०८३ भदौ १३ गते ०९:३१ | Aug 29, 2026
बाढीले ल्याएको सेफमा ९२ लाख ६८ हजार रुपैयाँ, फोर्न संलग्नता आरोपमा २९ जना पक्राउ


काठमाडौं। रसुवा बाढीसँगै धादिङमा नदिले बगाएर ल्याएको सेफ (पैसा तथा महत्त्वपूर्ण कागजात राख्ने फलामे बलियो बाकस) फोर्ने २९ जनालाइ सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ।

GBIME
Tata

उक्त सेफमा ९२ लाख ६८ हजार ५ सय ५ रुपैयाँ समेत बरामद भएको छ। गत बुधबारको बाढी रसुवा र नुवाकोटका विभिन्न स्थानमा बजार र बस्ती नै बगाउँदा एक दर्जनभन्दा बढी बैंकका शाखा पनि त्यसमा परेका थिए।

त्रिशूली किनारमा फेला परेको सेफ कुनै बैंकको हुनुपर्ने अनुमान छ।

घटना अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।