रसुवागढी क्षेत्रमा बिहान दुईवटा भूकम्प त्यसपछि भोटेकोसीमा बाढी, देवघाटसम्म असर (टाइमलाइन)



बिजमाण्डू
२०८३ भदौ ११ गते १२:५० | Aug 27, 2026
रसुवागढी क्षेत्रमा बिहान दुईवटा भूकम्प त्यसपछि भोटेकोसीमा बाढी, देवघाटसम्म असर (टाइमलाइन)


काठमाडौं । नेपाल-चीन सीमाक्षेत्र नजिकै भीषण हिमपहिरो र भूकम्पका कारण भोटेकोसीमा आकस्मिक बाढी आएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

Vigo
GBIME
Tata

महाशाखाका अनुसार भदौ १० गते बिहान नेपाल-चीन सीमाबाट तीव्र बहाव र गेग्रानसहितको बाढी भोटेकोसी नदीमा प्रवेश गरेको थियो।

बिहान दुईवटा भूकम्प र त्यसपछि बिहान ८:४० बजे भोटेकोसीको जलसतह १.६२ मिटर मापन गरिएको थियो। त्यसपछि जलमापन केन्द्र बाढीले बगाएको देखिएको प्राधिकरणले जनाएको छ।

बाढीको टाइमलाइन

समय (भदौ १०)स्थान / केन्द्रविवरण तथा जलसतहको अवस्था
बिहान ८:२०रसुवागढी सीमा क्षेत्र२.६ रेक्टर स्केलको भूकम्प/पराकम्प मापन
बिहान ८:३७रसुवागढी सीमा क्षेत्र४.४ रेक्टर स्केलको दोस्रो भूकम्प/पराकम्प मापन
बिहान ८:४०भोटेकोसी रसुवागढी (सीमाबाट १ कि.मी. तल)जलसतह १.६२ मिटर मापन; त्यसपछि जलमापन केन्द्र बाढीले बगाएको
बिहान ८:५०स्याफ्रुबेसी (सीमाबाट ९ कि.मी. तल)जलसतह ३.८ मिटर मापन; त्यसपछि जलमापन केन्द्र बाढीले बगाएको
बिहान ९:१५तटीय क्षेत्रहरूमहाशाखाद्वारा उच्च सतर्कता अपनाउन पूर्वसूचना तथा टेलिकम/एनसेलबाट SMS प्रेषित
बिहान ९:२०बेत्रावती, नुवाकोट (सीमाबाट ३६ कि.मी. तल)अन्तिम पटक जलसतह ३.५५ मिटर मापन (सतर्कता तह: ४.१ मि., खतरा तह: ५.५ मि.)
बिहान ११:२०फुर्के (मलेखु)जलसतहले सतर्कता तह (७ मिटर) पार गरेको
बिहान ११:४०फुर्के (मलेखु)जलसतहले खतरा तह (८ मिटर) पार गर्दै उच्चतम १०.४८ मिटर पुगेपछि केन्द्र बगाएको
दिउँसो २:१४कालीखोला (मुग्लिन नजिक)जलसतहले खतरा तह (१२.१ मिटर) पार गरी उच्चतम १२.३५ मिटर मापन
दिउँसो २:२०देवघाट जलमापन केन्द्रबाढी देवघाट क्षेत्रमा आइपुगेको
साँझ ४:००देवघाट जलमापन केन्द्रजलसतह ६.५७ मिटरको उच्चतम बिन्दुमा पुगेपछि घट्न थालेको

उक्त बाढीको बहाव क्रमशः भोटेकोसी, त्रिशूली, मलेखु र मुग्लिन हुँदै नारायणी-देवघाट क्षेत्रसम्म पुगेको थियो।

जोखिमलाई मध्यनजर गर्दै महाशाखाले नेपाल टेलिकम र एनसेलको सहकार्यमा रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनका नदी तटीय क्षेत्रमा रहेका करिब ६ लाख ७९ हजार २५५ नागरिकलाई सुरक्षित स्थानमा जान सूचना पनि पठाएको जनाइएको छ।

देवघाट जलमापन केन्द्रमा भदौ १० गते दिउँसो २:१० देखि साँझ ८ बजेसम्ममा करिब २ करोड घनमिटर थप बाढीजन्य पानी बगेको प्रारम्भिक आँकलन गरिएको छ।