बाढीका कारण १५ जलविद्युत आयोजनामा क्षति, ४३१ मेगावाट बिजुली प्रणाली बाहिर



बिजमाण्डू
२०८३ भदौ १० गते १२:४० | Aug 26, 2026
बाढीका कारण १५ जलविद्युत आयोजनामा क्षति, ४३१ मेगावाट बिजुली प्रणाली बाहिर


काठमाडौं। भोटेकोसीमा आएको भीषण बाढीका कारण १५ वटा जलविद्युत आयोजनामा क्षति पुगेको छ। बाढीका कारण सञ्चालनमा रहेका ९ वटा आयोजना (३५९ मेगावाट) र निर्माणाधीन ५ वटा आयोजना (३९४ मेगावाट) प्रभावित भएका हुन्।

Vigo
GBIME
Tata

बाढी प्रभावित जिल्लामा ११ वटा जलविद्युत् आयोजना र २५ मेगावाटको सोलार प्लान्टबाट उत्पादन बन्द भएको छ। यसबाट कुल ४३१.१ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिरिएको छ।

बाढी प्रभावित रसुवामा मात्रै संचालनमा रहेका २३६ मेगावाटका ५ वटा आयोजना र निर्माणाधीन ३४२ मेगावाटका ३ वटा आयोजनामा बाढीले क्षति पुर्‍याएको छ।

२१६ मेगावाटको निर्माणाधिन माथिल्लो त्रिशूली-१, संचालनमा हरेको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना,  निर्माणाधीन १२० मेगावाट क्षमताको रसुवा-भोटेकोशी निर्माणाधीन ४.४२ मेगावाट क्षमताको माथिल्लो मेलुङ-ए, संचालनमा रहेको ७८ मेगावाट क्षमताको सान्जेन खोला, संचालनमा रहेको ५ मेगावाट क्षमताको मैलुङ खोला, संचालनमा रहेको  २० मेगावाट क्षमताको लाङटाङ खोला र संचालनमा रहेको २२ मेगावाटको चिलिमे आयोजनामा क्षति पुगेको छ।

यस्तै, नुवाकोटमा संचालनमा रहेका १२३ मेगावाटका ५ वटा आयोजना र निर्माणाधीन ५२.६ मेगावाटका २ वटा आयोजना प्रभावित भएका छन्। जसमा संचालनमा रहेका २४ मेगावाट क्षमताको त्रिशूली जलविद्युत् आयोजना, १४.१ मेगावाट क्षमताको देवीघाट जलविद्युत् आयोजना, ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली-३ए मा क्षति पुगेको छ।

निर्माणाधिन अवस्थामा रहेको ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली-३बी, १५.६ मेगावाटको मिडल त्रिशूली गंगा आयोजनामा पनि क्षति पुगेको छ।

यस्तै, २५ मेगावाट क्षमताको सोलार आयोजनामा पनि क्षति पुगेको छ।

नेपाल विद्युत प्राधिकरणका अनुसार प्रभावित जलविद्युत् तथा ऊर्जा आयोजनाहरुको कुल उत्पादन क्षमता ४३१.१ मेगावाट रहेको छ। यसमा सबैभन्दा ठूलो क्षमता भएको आयोजना १११ मेगावाटको रसुवागढी हो, जुन नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीअन्तर्गत पर्दछ।

बाढीका कारण राष्ट्रिय प्रणालीबाट बाहिर गएका आयोजना

क्र.सं.आयोजना (Plant)क्षमता (MW)कैफियत
1रसुवागढी (Rasuwagadi)111प्रत्यक्ष प्रभावित, नेपाल विद्युत् प्राधिकरण सहायक कम्पनी
2सालाससुङ्गी/साञ्जेन (Salasungi – Sanjen)78प्रभावित
3माथिल्लो साञ्जेन (Upper Sanjen)14.8प्रभावित
4साञ्जेन (Sanjen)42.5प्रभावित
5चिलिमे (Chilime)22प्रत्यक्ष प्रभावित, नेपाल विद्युत् प्राधिकरण सहायक कम्पनी
6लाङटाङ (Langtang)20प्रत्यक्ष प्रभावित, निजी प्रवर्द्धक (IPP)
7माथिल्लो त्रिशूली ३ ‘ए’ (UT3A)60प्रत्यक्ष प्रभावित, नेपाल विद्युत् प्राधिकरण
8माथिल्लो मैलुङ (Upper Mailung)14.8प्रभावित
9मैलुङ (Mailung)5प्रभावित
10त्रिशूली (Trishuli)24प्रत्यक्ष प्रभावित, नेपाल विद्युत् प्राधिकरण
11देवीघाट (Devighat)14प्रत्यक्ष प्रभावित, नेपाल विद्युत् प्राधिकरण
12एनईए सोलार (NEA Solar)25प्रत्यक्ष प्रभावित, नेपाल विद्युत् प्राधिकरण
कुल (१२ वटा आयोजना)431.1राष्ट्रिय प्रणालीबाट बाहिर