काठमाडौं । पछिल्लो समय बढिरहेको सुनको मूल्यमा आज गिरावट आएको छ। आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको हो।
मंगलबारका लागि सुनको कारोबार मूल्य प्रति तोला ३ लाख २२ हजार २०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ।
सोमबार सुन तोलामा ३ हजार २०० रुपैयाँ बढेर प्रति तोला ३ लाख २२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। आइतबार भने सुन प्रति तोला ३ लाख १९ हजार ५०० रुपैयाँ थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। तोलामा ६५ रुपैयाँले घटेर चाँदीको मूल्य ४ हजार ९०० रुपैयाँ कायम भएको हो।
सोमबार चाँदी प्रति तोला १० रुपैयाँ घटेर प्रति तोला ४ हजार ९६५ रुपैयाँ थियो।
आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस ४६३६.६३ डलर रहेको छ। चाँदीको मूल्य प्रति औंस ६८.०२ डलर छ।









