एलआरआर मोटर्सले भित्र्यायो ‘स्काईवेल’को लक्जरी गाडी, नाडा अटो शोमा सार्वजनिक गरिने



बिजमाण्डू
२०८३ भदौ ८ गते १६:५३ | Aug 24, 2026
एलआरआर मोटर्सले भित्र्यायो ‘स्काईवेल’को लक्जरी गाडी, नाडा अटो शोमा सार्वजनिक गरिने


काठमाडौं। चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’को बीई११ मोडलका इभी एलआरआर मोटर्सले नेपाल ल्याएको छ।

Vigo
GBIME
Tata

कम्पनीले अहिले दुई भेरियन्ट ल्याएको हो। यी इभी नाडा अटो शोको पहिलो दिन मंगलबार सार्वजनिक गरिने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार ७१.९८ किलोवाट आवर क्षमताको एनएमसी ब्याट्री प्याकमा आएको बीई११ ले एक पटकको फूल चार्जमा ५२० किलोमिटर रेन्ज दिन्छ। ५१.९१ किलोवाटको एलएफपी ब्याट्री अप्सनमा आएको बीई११ ले एक पटकको चार्जमा ४१० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यो इभी डिसी फास्ट चार्जरबाट चार्ज गर्दा ३५ मिनेटमै ७० प्रतिशतसम्म चार्ज हुनेछ। यी दुबै भेरियन्टमा १५० किलोवाट क्षमताको मोटर छ।   

पानारोमिक सनरुफ, ३६० डिग्री क्यामेरा, भेन्टिलेडेट सिट, प्रशस्त स्पेश र आधुनिक बडी डिजाइनले यो इभीलाई लक्जरी बनाएको छ। यो इभीमा १९८ एमएमको ग्राउण्ड क्लियरेन्स छ। उत्कृष्ट ग्राउण्ड क्लियरेन्सका कारण यो इभी नेपालको जस्तोसुकै बाटोमा पनि सहजै हिंड्न सक्ने दाबी कम्पनीको छ।

५ सिट क्षमताको इभीको वारेन्टी र मूल्य गाडी औपचारिक रुपमा सार्वजनिक गर्दा जानकारी गराइने कम्पनीले जनाएको छ।