विमानस्थलको एयर ट्राफिक सुधार्न जापानको पौने ३ अर्ब अनुदान, स्वीकार गर्न मन्त्रिपरिषद्को स्वीकृति



बिजमाण्डू
२०८३ भदौ ३ गते १८:०८ | Aug 19, 2026
विमानस्थलको एयर ट्राफिक सुधार्न जापानको पौने ३ अर्ब अनुदान, स्वीकार गर्न मन्त्रिपरिषद्को स्वीकृति


काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक कन्ट्रोल सुधारका लागि जापान सरकारले अनुदान उपलब्ध गराउने भएको छ।

Tata
GBIME

बुधबार बसेको मन्त्रिपरिषद्‌को बैठकले जापानबाट प्राप्त हुने २ अर्ब ७३ करोड रुपैयाँ अनुदान सहायता स्वीकार गर्न स्वीकृति दिएको छ।

यो रकम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक व्यवस्थित र छरितो बनाउन उपयोग गरिनेछ। उपकरण थप गर्न अनुदान सहायता परिचालन हुने अर्थ मन्त्रालयले जनाएको छ।