विशेष महाधिवेशन गरेर पार्टीलाई कमजोर पारियो, अदालतबाट न्याय पाउने आशा छ : देउवा



बिजमाण्डू
२०८३ साउन २९ गते २०:१३ | Aug 14, 2026
विशेष महाधिवेशन गरेर पार्टीलाई कमजोर पारियो, अदालतबाट न्याय पाउने आशा छ : देउवा


काठमाडौं। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतबाट न्याया पाउनेमा आशावादी रहेको बताएका छन्।

Tata
GBIME

उनले शुक्रबार आफ्नो समूहले काठमाडौंको एउटा पार्टी प्यालेसमा राखेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै विशेष महाधिवेशनका नाममा पार्टीलाई कमजोर बनाइएको तर अदालतबाट न्याय पाउनेमा आशावादी रहेको बताए।

‘विशेष महाधिवेशनको नाममा पार्टीलाई कमजोर बनाउने प्रयास भएको छ। अदालतबाट न्याय पाउने आशा गरेको छु,’ उनले भने, पार्टी एकताका पक्षमा उभिनुपर्ने बेला भएको छ। हामी सबै एकै पार्टीका सदस्य हौं।’

जेन्जी आन्दोलनमा कुटपिटमा परेका देउवा गत फागुन १३ गते उपचारका लागि सिंगापुर गएकामा साढे पाँच महिनापछि बिहीबार स्वदेश फर्किएका थिए।