पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले घर र कार्यालयबाट लगेको सामानसहित उपस्थित गराउन आदेश



बिजमाण्डू
२०८३ साउन २९ गते ११:५३ | Aug 14, 2026
पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले घर र कार्यालयबाट लगेको सामानसहित उपस्थित गराउन आदेश


काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई उनको कार्यालय र घरबाट प्रहरीले बरामद गरेको सामान सहित सोमबार अदातलमा हाजिर गराउन आदेश दिएको छ।

Tata
GBIME

शुक्रबार न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले भदौ १ गते महान्याधीवक्ताको कार्यालय मार्फत श्रेष्ठलाई उपस्थित गराउन आदेश दिएको हो।

समाचारको विषयमा पक्राउ परेका श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले अदालतमा बन्दीप्रत्यक्षीकरणमा निवेदन दिएकी थिइन्। त्यसैको सुनुवाइ गर्दै यो आदेश दिइएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पत्रकार श्रेष्ठलाई बुधबार राति ललितपुरको उनै निवासबाट पक्राउ गरेको थियो। बिहीबार जिल्ला अदालत काठमाडौंले श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको थियो।