देउवाले स्वदेश फर्किएपछि भने- नेता होइन नागरिक बनेर आएको छु, लिनुपर्ने केही छैन



बिजमाण्डू
२०८३ साउन २८ गते १३:४० | Aug 13, 2026
देउवाले स्वदेश फर्किएपछि भने- नेता होइन नागरिक बनेर आएको छु, लिनुपर्ने केही छैन


काठमाडौं। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू नेता नभइ जनता बनेर फर्किएको बताएका छन्।

Tata
GBIME

देउवाले साढे पाँच महिनापछि स्वदेश फर्किए लगत्तै एक अपिल जारी गर्दै आफू आफूलाई राजनीतिक रुपमा लिनपर्ने केही नरहेको तर विगतको अनुभव नयाँ पुस्तालाई सेयर गर्नु आफ्नो दायित्व भएको उल्लेख गरेका छन्।

उनले आफू शक्ति प्राप्त गर्न नभइ राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको भन्दै ४७ वर्षपछि देशमा सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता देखिएको बताएका छन्।

गत फागुन १३ गते उपचारका लागि सिंगापुर गएका देउवा बिहीबार अपराह्न स्वदेश फर्किएका हुन्। उनलाई स्वागत गर्न कांग्रेसको संस्थापनइतर समूहका नेता तथा कार्यकर्ता ठूलो संख्यामा त्रिभुवन विमानस्थल पुगेका थिए।