स्मार्ट टेलिकम प्रकरणमा २२ जनाविरुद्ध मुद्दा: चार कसुर कायम, ९६ अर्ब बिगो दाबी  



बिजमाण्डू
२०८३ साउन २७ गते २२:३७ | Aug 12, 2026
स्मार्ट टेलिकम प्रकरणमा २२ जनाविरुद्ध मुद्दा: चार कसुर कायम, ९६ अर्ब बिगो दाबी  
फाइल फोटो


काठमाडौं। स्मार्ट टेलिकम प्रकरणमा २२ जनाविरुद्ध मुद्दा दायर भएको छ।

Tata
GBIME

बुधबार जिल्ला अदालत काठमाडौंमा ९६ अर्ब १२ करोड १७ लाख २० हजार ४२२ रुपैयाँ बिगो दाबीसहित ठगी , संगठित अपराध र बैकिङ कसुरमा मुद्दा दायर भएको हो।

स्मार्ट टेलिकमका तत्कालीन सञ्चालक सर्वेश जोशी , नरेन्द्र उलक,  पालिका श्रेष्ठ,  ज्योति पाण्डे,  भास्कर नरसिंह जोशी,  पृथ्वी बहादुर पाँडे,  प्रजन्य राजभण्डारी,  कवि कुमार टिब्रेवाला, दिपाङ्कर शाक्य,  शालिकराम बेल्वासे, शोभा श्रेष्ठ, खुमनाथ अधिकारी, सतीशलाल आचार्य, सचिनलाल आचार्य,  भावनासिंह श्रेष्ठ,  भूपेन्द्र भण्डारीलगायतलाई विपक्षी बनाएर मुद्दा दायर भएको हो।

लामो अनुसन्धानपछि सीआइबीले गत शुक्रबार फाइल सरकारी वकिल कार्यालयमा बुझाएको थियो।