काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्व लक्षित सुपथ मूल्य पसल बिहिबारदेखि संचालन गर्ने भएको छ। कम्पनीले सातौं वार्षिकत्सवको दिन पारेर सुपथ मूल्य पसल संचालन गर्न लागेको हो।
कम्पनीले सिंहदरबार परिसरमा नयाँ बिक्री कक्ष राखेर चाडपर्व लक्षित सुपथ मूल्य पसल संचालन गर्न लागेको छ।
कम्पनीले ४४ जिल्लाका १९३ स्थानमा बिहीबारदेखि सुपथ मूल्य पसल संचालन गर्ने कम्पनीका सूचना अधिकारी माधव मिश्रले जानकारी दिए।
उनका अनुसार ग्राहकले चामल, दाल, गेडागुडी, चिनी र रैथाने बालीमा प्रति केजी ५ रुपैयाँ तथा तेलमा प्रति लिटर ५ रुपैयाँ छुट पाउनेछन्।
कम्पनीले गत वर्ष भदौ ३० गतेबाट चाडपर्व लक्षित सुपथ मूल्य पसल १११ स्थानमा संचालन गरेको थियो।









