विशेष सरकारी वकिलका प्रमुख सहित तीनको सरुवा, पौडेलको ठाउँमा पन्थी



बिजमाण्डू
२०८३ साउन २७ गते ११:५२ | Aug 12, 2026
विशेष सरकारी वकिलका प्रमुख सहित तीनको सरुवा, पौडेलको ठाउँमा पन्थी


काठमाडौं। विशेष सरकारी वकिल कार्यालयका प्रमुख (महान्यायाधिवक्ता) सरुवा भएका छन्। सहन्यायाधिवक्ता गंगा पौडेलको चार महिनामै सरुवा भएको हो।

Tata
GBIME

गत चैत २७ गते उनलाई महान्यायाधिवक्ता कार्यालयबाट काज सरुवा गरेर विशेष सरकारी वकिल कार्यालयमा ल्याइएको थियो। तर चार महिना नहुँदै मंगलबार साउन २६ को मितिमा उनको सरुवा गरिएको हो।

बुधबारदेखि कार्यालयको जिम्मेवारी रुद्रप्रसाद पन्थीले सम्हालेका छन्। त्यस्तै उप-सहन्यायधिवक्ता प्रकाश घिमिरेलाई ल्याइएको छ।

लामो समय विशेष सरकारी वकिलको कार्यालयमा कार्यरत पूजा पन्थी र सुप्रिया कुँवरको पनि सरुवा गरिएको छ। विशेषले बैंकिङ, सम्पत्ति शुद्धीकरण र भ्रष्टाचारका मुद्दामा अभियोजन गर्ने गर्छ। पछिल्लो समय यस्ता अनुसन्धान दबाब प्रभाव बढेपछि कर्मचारीहरू असन्तुष्ट देखिएका छन्।

यस कार्यालयले पछिल्लो समय ठूला सम्पत्ति शुद्धीकरण जोडिएको बिचौलिया दीपक भट्टदेखि पूर्वअर्थमन्त्री विष्णु पौडेलसम्मको अभियोजन गरेको थियो। पूर्वअर्थमन्त्री भने विशेष अदालतबाट साधारण तारेखमा रिहा भएका थिए। दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा छन्।

यस्तै दुई साताअघि जिल्ला सरकारी वकिल कार्यालयका महान्यायाधिवक्ता पनि सरुवा गरिएको छ। पछिल्ला पाँच वर्षयता जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख (महान्यायाधिवक्ता) एक वर्षअघि फेरिएका छैनन्। तर, गत चैत अन्तिममा जिम्मेवारी सम्हालेका शोभाकान्त भण्डारी भने चार महिनामा नै फेरिएका छन्।