नेपाल आइपुग्यो प्रिमियम इभी एसयूभी लिपमोटर बी०३एक्स, छिट्टै लन्च हुँदै



बिजमाण्डू
२०८३ साउन १८ गते १३:०३ | Aug 3, 2026
नेपाल आइपुग्यो प्रिमियम इभी एसयूभी लिपमोटर बी०३एक्स, छिट्टै लन्च हुँदै


काठमाडौं। प्रिमियम इलेक्ट्रिकल एसयूभी लिपमोटर बी०३एक्स नेपाल आइपुगेको छ।

Tata
GBIME

नेपालका लागि लिपमोटरको एकमात्र आधिकारिक वितरक सांग्रिला मोटर्सले यो बहुप्रतीक्षित इभीलाई छिट्टै एक विशेष कार्यक्रममा औपचारिक रूपमा सार्वजनिक गर्ने जनाएको छ।

‘इन्टेलिजेन्ट अर्बन मोबिलिटी’को आधुनिक अवधारणामा आधारित यस एसयूभीको सार्वजनिक समारोहमा सहभागीहरूले पहिलोपटक प्रत्यक्ष अवलोकन गर्न पाउनेछन्। सोही कार्यक्रममै यसको बुकिङ खुला गरिने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार नेपालका विविध सडक अवस्थालाई ध्यानमा राखी तयार पारिएको लिपमोटर बी०३एक्सले दैनिक व्यावहारिक प्रयोग र उच्चस्तरीय प्रविधिलाई उत्कृष्ट रूपमा संयोजन गरेको छ। यस श्रेणीमै उत्कृष्ट १४५ किलोवाटको मोटर र ५३ किलोवाट आवर्सको ब्याट्री क्षमता रहेको यस एसयूभीले ५०५ किलोमिटरसम्मको (सीएलटीसी) रेन्ज प्रदान गर्दछ।

साथै, यसमा ५१० लिटरको फराकिलो बुटस्पेस, प्रिमियम बनावट र फराकिलो केबिन छ। सुरक्षाका दृष्टिले यसमा एडास लेभल २ प्रविधि जडान गरिएको छ। उक्त प्रविधिले सुरक्षित र इन्टेलिजेन्ट ड्राइभिङको नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार विश्वव्यापी रूपमा मासेराटी, जीप र प्युजो लगायत १४ अग्रणी अटोमोबाइल ब्रान्डहरूको समूह स्टेलान्टिसको सहयोग प्राप्त लिपमोटरले नेपाली ग्राहकहरूमाझ अन्तर्राष्ट्रिय विश्वसनीयता ल्याएको छ। चीनको नम्बर १ स्टार्ट-अप न्यु इनर्जी भेहिकल ब्राण्ड लिपमोटरले हालसम्म विश्वभर १६ लाखभन्दा बढी सवारी साधन बिक्री गरिसकेको छ।

विश्वका ४० भन्दा बढी देशहरूमा फैलिएको १ हजार ७०० भन्दा बढी बिक्री तथा सेवा केन्द्रहरूको विशाल सञ्जालमार्फत लिपमोटरले आफ्ना ग्राहकहरूलाई सहज र विश्वसनीय स्वामित्वको अनुभव प्रदान गर्दै आएको छ।