भारी वर्षा हुने प्रक्षेपणपछि बेनी-जोमसोम र बेनी-दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द



बिजमाण्डू
२०८३ साउन १८ गते ०७:०३ | Aug 3, 2026
भारी वर्षा हुने प्रक्षेपणपछि बेनी-जोमसोम र बेनी-दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द
फाइल तस्बिर।


पोखरा। म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडक र बेनी-दरबाङ सडकमा रातको समयमा सवारी आवागमन बन्द गरिएको छ।

Tata
GBIME

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार र सोमबार भारी वर्षा हुने प्रक्षेपण गरेपछि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आइतबार र सोमबार साँझ ७ देखि भोलिपल्ट बिहान ५ बजेसम्म यातायात संचालनमा रोक लगाइएको हो।

बेनी-जोमसोम सडक कालीगण्डकी करिडोरअन्तर्गत पर्छ। यस सडक भएर मानिस मुक्तिनाथदेखि कोरला नाकासम्मको यात्रा गर्छन्।

पश्चिम म्याग्दीलाई सदरमुकामसँग जोड्ने बेनी-दरबाङ सडक पनि २ दिन रातिको समयमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए। रासस