काठमाडौं। सभामुख डोलप्रसाद अर्यालले संसदीय समितिमा रहेका विधेयकलाई लामो समय नअल्झाउन समिति सभापतिहरुलाई निर्देशन दिएका छन्।
सभामुख अर्यालले शुक्रबार संसदीय समितिका सभापतिसँग बैठक राखेर उनले विधेयकमाथि पर्याप्त, गहन र गुणस्तरीय छलफल गराउन भनेका छन्।
सभामुखले सरकारलाई निर्देशन दिँदा पनि कानुनी सीमाको पालना गर्न पनि भनेका छन्।
‘सरकारलाई सुझाव तथा सल्लाह दिँदा पनि समितिहरूले आफ्नो संवैधानिक तथा कानुनी क्षेत्राधिकारभित्र रहेर तथ्यपरक र कार्यान्वयनयोग्य सुझाव दिन आग्रह छ,’ अर्याललाई उदृत गर्दै उनको सचिवालयले भनेको छ।
सभामुखले सभापतिहरुलाई समितिका कामकारबाहीलाई थप प्रभावकारी, परिणाममुखी र समयबद्ध बनाउन भनेका छन्।
‘अनुगमन र अवलोकन गर्दा निश्चित कार्य विवरण बनाउनुहोस्। अनुगमन गर्दा कानुन र विधिको पालना होस्,’ उनले भने।








