काठमाडौं। जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा पुनः निषेधाज्ञा जारी गरेको छ।
जिल्ला सुरक्षा समितिको शुक्रबार दिउँसो बसेको निर्णय अनुसार निषेधाज्ञा जारी गरिएको हो। शुक्रबार साँझ ५ बजेदेखि लागू हुने गरी शनिबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ।
पूर्वमा प्रतिमा चोक, पश्चिममा तिलाबे, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य चोकसम्म निषेधाज्ञा जारी गरिएको हो।
बिहिबार पनि यस क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो। रातिको समयमा मसाल जुलुस, प्रदर्शन लगायत घटना हुनसक्ने आशंकमा निषेधाज्ञा जारी गरिएको हो।
प्रहरीले तराईका जिल्लामा विरोध गर्नेमध्ये ८ जनालाई शुक्रबार नियन्त्रणमा लिएको छ।








