मनसुन सक्रिय हँदा देशभर ९२.५७ प्रतिशत रोपाइँ, कोशीमा सबैभन्दा कम, कुन प्रदेशमा कति?



बिजमाण्डू
२०८३ साउन १५ गते १७:१२ | Jul 31, 2026
मनसुन सक्रिय हँदा देशभर ९२.५७ प्रतिशत रोपाइँ, कोशीमा सबैभन्दा कम, कुन प्रदेशमा कति?


काठमाडौं। देशभर ९२.५७ प्रतिशत रोपाइँ भएको छ। मनसुन सक्रिय भएका कारण यसपालि पोहोरभन्दा धेरै रोपाइँ भएको कृषि विभागले जनाएको छ। पोहोर साउन १५ सम्म ८३.९३ प्रतिशत रोपाइँ भएको थियो।

Tata
GBIME

यो वर्ष १३ लाख ७० हजार हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान रहेकामा हालसम्म १२ लाख ६८ हजार हेक्टर खेतमा धानबाली लगाइएको हो।

विभागका अनुसार साउन १५ सम्म सुदूरपश्चिम प्रदेशमा ९९ प्रतिशत रोपाइँ भएको छ। बागमतीमा ९६.१२ प्रतिशत, लुम्बिनी र कर्णालीमा ९४ प्रतिशत, गण्डकीमा ९२.१३ प्रतिशत, मधेशमा ९० प्रतिशत र कोशी प्रदेशमा ८६ प्रतिशत रोपाइँ भएको विभागले जनाएको छ।