काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले विभिन्न दलमा आवद्ध मधेशका नेताहरुसँगको छलफलपछि तराई मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूलाई बोलाएका छन्।
उनले रहबर अन्सारी, नीतिमा भण्डारी (कार्की), रविन्द्र पटेल, मनिष झा, रविन महतो, राजकिशोर महतो, गणेश धिमाल, चन्दन सिंह, बिक्रम थापा, मोहनलाल आचार्य, गजाला शमिम मिकरानीलगायत सांसदलाई छलफलका लागि शुक्रबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएका हुन्।
तराई मधेश क्षेत्रमा भएका पछिल्लो घटना र त्यसबाट उत्पन्न अवस्थालाई लिएर बालेनले सांसदहरुसँग छलफल गरिरहेको उनको सचिवालयले जनाएको छ।
उनले यसअघि अमरेशकुमार सिंह, महन्थ ठाकुर, लालबाबु राउत, राजेन्द्र महतो लगायत नेतालाई बोलाएर छलफल गरेका थिए।









