कांग्रेसका नेता कार्यकर्तालाई गगनले भने- आगो जसले लगाए पनि निभाउने काम हाम्रो हो



बिजमाण्डू
२०८३ साउन १५ गते १४:५६ | Jul 31, 2026
कांग्रेसका नेता कार्यकर्तालाई गगनले भने- आगो जसले लगाए पनि निभाउने काम हाम्रो हो


काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्लो परिस्थितिलाई सम्हाल्न पार्टीका नेताहरु जिम्मेवार भएर लाग्नुपर्ने बताएका छन्।

Tata
GBIME

सुनसरी घटनापछि मधेशमा चर्किएको आन्दोलनबारे शुक्रबार जुममार्फत कोशी र मधेश प्रदेश तथा स्थानीय सरकारका प्रमुखलाई सम्बोधन गर्दै गगनले मिथ्या सूचनामा धारणा नबनाउनसमेत आग्रह गरे।

उनले कांग्रेस देशको मूल शक्ति भएको उल्लेख गर्दै हल्लाको पछि नलाग्न आग्रह गरे। ‘जसले जे भने पनि टिप्पणी गरिहाल्ने काम नगरौं। मिथ्य सूचनाबाट बचेरमात्र धारणा बनाउनुपर्छ। कसले के भन्छ भन्नेमा चासो दिन हुन्न। हामी अभिभावक हो। मूल शक्ति हो। कांग्रेस जिम्मेवार बन्नुपर्छ। सम्हाल्ने काम हाम्रो हो। आगो जसले लगाए पनि निभाउने काम हाम्रो हो। सम्हाल्ने शक्ति हामी बन्नुपर्छ। सहिष्णुता कायम गरौं,’ गगनले भने।

उनले पार्टी कार्यालयबाट शनिबारसमेत सहजीकरण गर्ने बताएका छन्।