प्रधानमन्त्री बालेनले राजनीतिक तहमा थाले परामर्श, मधेशबाट प्रतिनिधित्व गर्ने नेतासँग छलफल



बिजमाण्डू
२०८३ साउन १५ गते १२:०० | Jul 31, 2026
प्रधानमन्त्री बालेनले राजनीतिक तहमा थाले परामर्श, मधेशबाट प्रतिनिधित्व गर्ने नेतासँग छलफल


काठमाडौं। तराई क्षेत्रमा देखिएको तनाव हल गर्ने सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र शाहले राजनीतिक तहमा छलफल थालेका छन्।

Tata
GBIME

उनले विभिन्न राजनीतिक दलका मधेशबाट प्रतिनिधित्व गर्ने नेताहरुसँग छलफल सुरु गरेका छन्।

बालेनले अहिले रास्वपा सांसद अमरेशकुमार सिंह, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, जनता समाजवादीका पार्टीका महन्थ ठाकुर, मधेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत, राजेन्द्र महतो, समिम मियाँ अन्सारी, राम कुमार शर्मा, प्रभु शाह, शरतसिंह भण्डारी, जयकान्त राउत लगायत नेतासँग छलफल गरिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

महन्त, महतो, शर्मा लगायत पाँच नेताले बिहीबार प्रेस विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको मौनताका कारण तराईको स्थिति उग्र बनेको बताएका थिए।