काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले निषेधाज्ञा जारी गरेको छ। सुनसरी घटनालाई लिएर प्रदर्शन उग्र बनेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो।
जिल्ला सुरक्षा समितिको बैठकमा थप घटना बढ्ने सूचना आएपछि बिहिबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्मको लागि निषेधाज्ञा जारी गरिएको हो।
पूर्वमा प्रतिमा चोक, पश्चिममा तिलबे पुल, उत्तरमा गण्डक चौक र दक्षिणमा शंकराचार्य गेटसम्म निषेधाज्ञा लगाइएको छ।
दिउँसो विरगंजमा दुई समूहबीच झडप भएको थियो। त्यसपछि बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।










