संसद्‍मा एकसाथ ९ वटा विधेयक लाँदै सरकार, मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको सूचीमा कुन-कुन?



बिजमाण्डू
२०८३ साउन १३ गते १७:३९ | Jul 29, 2026
संसद्‍मा एकसाथ ९ वटा विधेयक लाँदै सरकार, मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको सूचीमा कुन-कुन?


काठमाडौं। सरकारले एकसाथ ९ वटा विधेयक संसद्‍मा लाने भएको छ। बिजनेस अभावमा दुई साता स्थगित गरिएको संसद् बैठक बिहीबार सुरु हुन लागेको अवस्थामा सरकारले एकसाथ ९ वटा विधेयक लाने भएको हो।

Tata
GBIME

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले ९ वटा विधेयक स्वीकृत गरेको छ। मन्त्रिपरिषद्ले स्वीकृति गरेसँगै संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन, २०५३ लाई संशोधन गर्न बनेको विधेयक, खानी तथा खनिज पदार्थसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, संक्रामक पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद्‍मा लगिने भएको हो।

यस्तै राहदानी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, बालश्रम (निषेध तथा नियमित गर्ने) सम्बन्धी विधयेक, आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, मेलमिलाप सम्बन्धी ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयक र कर्मचारी संचय कोष ऐन, २०१९ लाई संसोधन गर्न बनेको विधेयक संसद्‍मा लान मन्त्रिपरिषद्‍ले स्वीकृति दिएको छ।