प्रतिभाले २४ उपसचिवको सरुवा गर्दा ९ वटा पालिकामा फेरिए प्रमुख प्रशासकीय अधिकृत



बिजमाण्डू
२०८३ साउन १२ गते २०:२० | Jul 28, 2026
प्रतिभाले २४ उपसचिवको सरुवा गर्दा ९ वटा पालिकामा फेरिए प्रमुख प्रशासकीय अधिकृत


काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले २४ जना उपसचिवको सरुवा गरेकी छन्। उनले मंगलबार विभिन्न निकायमा कार्यरत २४ जना उपसचिवको सरुवा गरेकी हुन्।

Tata
GBIME

विभिन्न ९ वटा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका उपसचिव उत्तरकुमार घिमिरेलाई धनकुटाको पाख्रिबास नगरपालिका पठाइएको छ।

ऊर्जा मन्त्रालयका आनन्दकुमार ठाकुरलाई सप्तरीको सुरुङ्गा नगरपालिकामा सरुवा गरिएको छ।