काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले २४ जना उपसचिवको सरुवा गरेकी छन्। उनले मंगलबार विभिन्न निकायमा कार्यरत २४ जना उपसचिवको सरुवा गरेकी हुन्।
विभिन्न ९ वटा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका उपसचिव उत्तरकुमार घिमिरेलाई धनकुटाको पाख्रिबास नगरपालिका पठाइएको छ।
ऊर्जा मन्त्रालयका आनन्दकुमार ठाकुरलाई सप्तरीको सुरुङ्गा नगरपालिकामा सरुवा गरिएको छ।