काठमाडौं। दार्चुलाको शैल्यशिखर नगरपालिका-९ स्थित गोकुलेश्वर माध्यमिक विद्यालयको भवन भारतले बनाइदिने भएको छ।
भारतले ७ करोड ५० लाख रुपैयाँ लागतमा विद्यालयको भवन बनाइदिने भएको हो।
भारतीय राजदूतावासका प्रथम सचिव वशिष्ट नन्दन र शैल्यशिखर नगरपालिकाका मेयर विजय सिंह धामीले सोमबार संयुक्तरूपमा भवनको शिलान्यास गरेका छन्।

यो परियोजना शैल्यशिखर नगरपालिकामार्फत कार्यान्वयन हुनेछ।










