आत्मदाहको प्रयास गरी ज्यान गुमाएका गणेश र विवेकको परिवारलाई गगनले दिए १/१ लाख



बिजमाण्डू
२०८३ साउन ८ गते १२:२४ | Jul 24, 2026
आत्मदाहको प्रयास गरी ज्यान गुमाएका गणेश र विवेकको परिवारलाई गगनले दिए १/१ लाख


काठमाडौं। नेपालि कांग्रेसका सभापति गगन थापाले आत्मदाहको प्रयासपछि ज्यान गुमाएका गणेश नेपाली र विवेक मण्डलको परिवारलाई १/१ लाख रुपैयाँ सहयोग गरेका छन्।

Tata
GBIME

गगनले आफ्नो तर्फबाट गणेश र विवेकको परिवारलाई १/१ लाख रुपैयाँ सहयोग गरेका हुन्।

गगनले विवेकको निधनको १३औं दिनको अवसर पारी आर्थिक सहयोग गर्नुका साथै उनका सन्तानको शिक्षा-दिक्षाको जिम्मेवारी लिने प्रतिबद्धता गरेका छन्।

सर्लाहीको गौडेता नगरपालिका-१० का विवेकले असार २५ गते पेट्रोल हालेर आत्मदाहको प्रयास गरेकामा उपचारका क्रममा निधन भएको थियो। आत्मदाहको प्रयास गरेका मुगुको सोरु गाउँपालिकाका गणेशको उपचारका क्रममा असार २६ गते मृत्यु भएको निधन भएको थियो।