राष्ट्रिय सभामा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता, विपद्‍मा पूर्व तयारीबारे गृहमन्त्रीसँग जवाफ माग



बिजमाण्डू
२०८३ साउन ६ गते ११:५९ | Jul 22, 2026
राष्ट्रिय सभामा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता, विपद्‍मा पूर्व तयारीबारे गृहमन्त्रीसँग जवाफ माग


काठमाडौं। राष्ट्रिय सभामा सरकारलाई मनसुनजन्य विपद् व्यवस्थापनमा पूर्व तयारीका लागि ध्यानकर्षण गराउन जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएको छ।

Tata
GBIME

प्रस्तावमा विपद्‍को प्रतिकार्यका लागि सरकारको पूर्व तयारीबारे गृहमन्त्री सुदन गुरुङलाई संसद्‍मा जवाफ दिन माग गरिएको छ।

६ बुँदे प्रस्तावमा मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना-२०८३ को हालसम्मको कार्यान्वयन अवस्थाबारे जानकारी गराउन माग गरिएको हो।

‘जोखिमयुक्त जिल्ला तथा बस्तीको प्राथमिकीकरण र त्यसको विवरण, उद्धार जनशक्ति र उपकरणको उपलब्धता र तयारी कस्तो अवस्थामा छ?,’ प्रस्तावमा उल्लेख छ।

नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्तको प्रस्तावमा सचेतक पदमबहादुर परियार, नेकपा (एमाले)का सांसद सोमनाथ पोर्तेल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की प्रमुख सचेतक मदनकुमारी शाह (गरिमा) तथा जनता समाजवादी पार्टी (जसपा) नेपालकी सांसद पूजा चौधरीले समर्थन जनाएका छन्।