दिल्लीमा आमरण अनशन गरिरहेका वाङचुकलाई २१औं दिन प्रहरीले उठायो, सफदरजंग अस्पताल भर्ना



बिजमाण्डू
२०८३ साउन २ गते ०९:२५ | Jul 18, 2026
दिल्लीमा आमरण अनशन गरिरहेका वाङचुकलाई २१औं दिन प्रहरीले उठायो, सफदरजंग अस्पताल भर्ना
अनशनमा वाङचुक। तस्बिर : एपी


भारतको मेडिकल प्रवेश परीक्षा (नीट २०२६) मा भएको भनिएको प्रश्नपत्र लीक र अनियमितताको विरोधमा नयाँदिल्लीको जन्तरमन्तर पार्कमा आमरण अनशनमा बसिरहेका सोनाम वाङचुकलाई प्रहरीले उठाएर अस्पताल भर्ना गराएको छ।

Tata
GBIME

शनिबार बिहान अनशनस्थलमा हस्तक्षेप गर्दै वाङचुकलाई सफदरजंग अस्पताल भर्ना गराएको हो। आमरण अनशन थालेको २१औं दिनमा उनको स्वास्थ्य अवस्था गम्भीर छ। दिल्ली हाईकोर्टले बिहीबार केन्द्र और दिल्ली सरकारलाई वाङचुकको दैनिक मेडिकल जाँच गराउन र आवश्यकता अनुसार उपचार गर्न आदेश गरेको थियो।

वाङचुकको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै अदालती आदेश कार्यान्वयन गरिएको दिल्ली प्रहरीले जनाएको सञ्चार संस्था पीटीआइले जनाएको छ।

वाङचुक लद्दाखका प्रसिद्ध शिक्षाविद्, वैज्ञानिक तथा वातावरण अभियन्ता हुन्। भारतको विद्यमान शिक्षा प्रणालीमा सुधार हुनुपर्ने र परीक्षामा भएको धाँधलीको जिम्मेवारी लिँदै शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिनुपर्ने माग राखेका वाङचुकलाई युवाहरुको समर्थन छ। यो आन्दोलन ‘ककरोच जनता पार्टी’ नामक विद्यार्थी तथा नागरिक समूहले नेतृत्व गरिरहेको छ।

विद्यार्थीहरूमाथि पढाइको अत्यधिक मानसिक दबाब र परीक्षा प्रणालीको असफलताको विरोध गरिरहेको यस समूहलाई बल दिन वाङचुक आफैं दिल्ली पुगेर अनशनमा बसेका हुन्। लामो समय अनशनका कारण उनको स्वास्थ्य अवस्था निकै नाजुक बनेको छ। उनको तौल करिब ९ केजीभन्दा बढीले घटिसकेको छ।