रास्वपाका सांसदलाई प्रतिनिधिसभा बैठक स्थगित भएको दुई साताका लागि ‘होमवर्क’, के गर्लान् ?



बिजमाण्डू
२०८३ असार ३१ गते १९:०६ | Jul 15, 2026
रास्वपाका सांसदलाई प्रतिनिधिसभा बैठक स्थगित भएको दुई साताका लागि ‘होमवर्क’, के गर्लान् ?


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसदलाई जनताका समस्या बुझेर ल्याउन ‘होमवर्क’ दिइएको छ।

Tata
GBIME
Nepal Life

प्रतिनिधिसभाको बैठक साउन १४ गतेसम्मलाई स्थगित भएपछि सांसदलाई जनतामाझ गएर मिहिन ढंगले समस्या बुझेर ल्याउन भनिएको स्रोतले बतायो। ‘जनताका समस्याहरु के के छन्। ती सबै एकीकृत गरेर ल्याउन भनिएको छ,’ रास्वपाका एक नेताले बिजमाण्डूसँग भने, ‘सरकारका काम कारवाहीका विषयका बारेमा पनि जनतासँग बुझ्न भनिएको छ।’

सभामुख डीपी अर्यालले समेत बैठक नभएको समयमा जनतामाझ जान आग्रह गर्दै सरकारको ध्यानाकर्षण गराउन भनेका थिए। स्रोतका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयबाट समेत जनताका मुद्दा बुझ्न सांसदहरुलाई भनिएको छ। सरकार स्थापना भएको तीन महिनापछि प्रधानमन्त्री कार्यालयमा समेत एक्सेस दिएर छलफल सुरु गरिएको थियो।

सुरुको तीन महिना सरकार संचालनका लागि आवश्यक नीति बनाएर काम कारवाही अगाडि बढाउने रणनीत बनाइएको थियो। ‘सय दिनपछि सांसदहरुसँग पनि परामर्श गरेर अगाडि बढ्नेनै रणनीति थियो। सय दिनमा बजेटदेखि सिलसिलेवार रुपमा कामहरु देखाउनुपर्ने अवस्था भएकाले सांसदहरुसँग छलफल नगरिएको हो,’ स्रोतले भन्यो, ‘सय दिनको अवधिमा गणेश नेपाली र सुकुम्बासी बस्तीमा पानी पसेको घट्नाले सरकारलाई डिभेन्सिभ बनायो। यो अवधिमा धेरै काम भएका थिए। त्यो सबै ओझेलमा पर्‍यो।’

स्रोतका अनुसार त्यही रणनीति अनुसार उद्योगी व्यवसायीलाई समेत भेट्न थालिएको हो। ‘काम भएका छन्। कतिपय एग्रेसनका कारण वाहिर म्यासेज नराम्रो गएको छ। आगामी दिनमा विगतमा भएका गल्ती सच्याउने र सांसदहरुलाई समेत अनावश्यक रुपमा विवादमा नपस्नका लागि आग्रह गरिनेछ। त्यो भन्दा पनि जनतासम्म पुगेर समस्या ल्याउने र त्यसलाई केही भएपनि संबोधनको प्रयास गर्ने भनिएको छ।’