सरकारले अख्तियारबाट गर्‍यो एकपछि अर्को सरुवा, सचिव दुवाडीको ठाउँमा पुगे शर्मा



बिजमाण्डू
२०८३ असार ३१ गते १२:४३ | Jul 15, 2026
सरकारले अख्तियारबाट गर्‍यो एकपछि अर्को सरुवा, सचिव दुवाडीको ठाउँमा पुगे शर्मा


काठमाडौं। सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिवको सरुवा गरेको छ।

Tata
GBIME
Nepal Life

अख्तियारमा कार्यरत १८ जना प्रहरीहरूको सरुवा गरेसँगै सचिवको पनि सरुवा गरेको हो। सचिव नारायणप्रसाद शर्मा दुवाडीको सरुवा गरिएको स्रोतले जानकारी दिएको छ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट उनको सरुवा गरेको हो।

अख्तियारको नयाँ सचिवमा प्रधानमन्त्री कार्यालयका सचिव डिल्लीराम शर्मालाई लगिएको छ। सचिव शर्मा गत जेठको तेस्रो सातामात्र स्वास्थ्य मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा तानिएका थिए।

सचिव दुवाडीको बुधबार बिदाइ र बिहीबार नयाँ सचिवको स्वागत गर्ने कार्यक्रम छ। दुवाडी १७ महिनादेखि अख्तियारमा कार्यरत थिए।