निजी स्कुलको शुल्क शुक्रबारदेखि बढ्ने, बीमा बन्द गरेर स्वास्थ्यमा पनि ३ प्रतिशत कर



बिजमाण्डू
२०८३ असार २९ गते १८:०८ | Jul 13, 2026
निजी स्कुलको शुल्क शुक्रबारदेखि बढ्ने, बीमा बन्द गरेर स्वास्थ्यमा पनि ३ प्रतिशत कर


काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमार्फत बढाएको स्वास्थ्य र शिक्षा कर साउन १ गतेबाट लागू हुने भएको छ।

Tata
GBIME
Nepal Life

अर्थमन्त्री वाग्लेले माथिल्लो वर्गलाई छुटैछुटै दिएर तल्लो वर्गलाई कस्ने गरी आधारभूत शिक्षादेखि स्वास्थ्य सेवासम्म महँगो पार्ने घोषणा गरेका थिए।

उनले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क भनेर ३/३ प्रतिशत कर लगाउने घोषणा गरेका थिए। यसलाई कार्यान्वयन गर्न आन्तरिक राजस्व विभागले बिजक ढाँचा सार्वजनिक गरेको छ।

अर्थमन्त्री वाग्लेले लगाएको कर निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्थाका विद्यार्थीले तिर्नु पर्छ। यसैगरी निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा सञ्चालन गर्नेले बिरामीबाट असुल गर्ने सबै प्रकारका सेवा शुल्कमा तीन प्रतिशतका दरले स्वास्थ्य समता शुल्क लगाइएको छ।

 सरकारले आकस्मिक बाहेक स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरेपछि स्वास्थ्यमा कर लगाएको हो। 

यसबाहेक पाँच तारे र त्यसभन्दामाथिका तारे होटल तथा लक्जरी रिसोर्टका साथै आयातित मदिराको भन्सारमा बिलासिता शुल्क लाग्ने छ। सुनचाँदीदेखि हिरासम्मका गरगहना महँगो हुनेछ।