काठमाडौं। चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त भएका छन्। आयोगका अध्यक्ष रहेका प्रधानमन्त्री तथा बालेन्द्र शाहले डा. खत्रीलाई उपाध्यक्ष नियुक्त गरेका हुन्।
आयोगका सहअध्यक्ष रहेका शिक्षामन्त्री सस्मित पोखरेलले नवनियुक्त उपाध्यक्ष खत्रीलाई मंगलबार नियुक्तिपत्र दिएका छन्।
सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेशका कारण वैशाख तेस्रो साता आयोगका उपाध्यक्ष डा. अञ्जनी कुमार झाको पद गएपछि सरकारले व्यवस्था नभएसम्मका लागि आयोगका पूर्वउपाध्यक्ष श्रीकृष्ण गिरीलाई कार्यवाहक उपाध्यक्षको जिम्मेवारी दिएको थियो।











