अमेरिकी डलर र युरोको मूल्यमा सामान्य गिरावट, सुनचाँदीमा बढ्यो, यस्तो छ विनिमय दर



बिजमाण्डू
२०८३ असार २० गते ०७:२२ | Jul 4, 2026
अमेरिकी डलर र युरोको मूल्यमा सामान्य गिरावट, सुनचाँदीमा बढ्यो, यस्तो छ विनिमय दर


काठमाडौं। अमेरिकी डलर र पाउण्ड स्टर्लिङको मूल्यमा गरावट आउँदा युरो बलियो भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार शनिबार १ अमेरिकी डलरको खरिद दर १५२ रुपैयाँ ४ पैसा र बिक्री दर १५२ रुपैयाँ ६४ पैसा भएको छ। शुक्रबार खरिद दर १५२ रुपैयाँ  ३४ पैसा र बिक्री दर १५२ रुपैयाँ ९४ पैसा थियो।

Tata
GBIME
Nepal Life

अघिल्लो दिनका तुलनामा अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको कारोबार मूल्य बलियो बनेको छ। सुन प्रति औंस ४१७५.०७ डलर पुगेको छ। २४ घण्टामा सुन प्रति औंस ६२.५९ डलरले महँगिएको छ। १.७९ डलरको बढोत्तरीसँगै चाँदी प्रति औंस ६२.३९ डलर पुगेको छ।

युरोपियन युरोको खरिद दर १७३ रुपैयाँ ९६ पैसा र बिक्री दर १७४ रुपैयाँ ६५ पैसा भएको छ। शुक्रबार खरिद दर १७३ रुपैयाँ ८१ पैसा र बिक्री दर १७४ रुपैयाँ ५० पैसा थियो।

पाउण्ड स्टर्लिङको खरिद दर घटेर २०२ रुपैयाँ ९९ पैसा र बिक्री दर २०३ रुपैयाँ ७९ पैसा भएको छ। शुक्रबार खरिद दर २०३ रुपैयाँ २६ पैसा र बिक्री दर २०४ रुपैयाँ ६ पैसासम्म पुगेको थियो।

यस्तै स्वीस फ्रयांकको खरिद दर बढेर १८९ रुपैयाँ ३० पैसा र बिक्री दर १९० रुपैयाँ ५ पैसा भएको छ। शुक्रबार खरिद दर १८९ रुपैयाँ १८ पैसा र बिक्री दर १८९ रुपैयाँ ९३ पैसा थियो।

यस्तो छ आजको विनिमय दर

मुद्राएकाइखरिद दरबिक्री दर
भारतीय रुपैयाँ१००१६०.००१६०.१५
अमेरिकी डलर१५२.०४१५२.६४
युरोपियन युरो१७३.९६१७४.६५
पाउण्ड स्टर्लिङ२०२.९९२०३.७९
स्वीस फ्रयांक१८९.३०१९०.०५
अष्ट्रेलियन डलर१०५.५०१०५.९२
क्यानेडियन डलर१०७.१८१०७.६१
सिंगापुर डलर११७.७९११८.२६
जापानी येन१०९.४४९.४७
चिनियाँ युआन२२.४१२२.५०
साउदी रियाल४०.४९४०.६५
कतारी रियाल४१.७१४१.८८
थाइ भाट४.५९४.६१
यूएई दिराम४१.४०४१.५६
मलेसियन रिंगिट३७.३५३७.४९
साउथ कोरियन वोन१००९.९३९.९७
स्वीडिश क्रोनर१५.७६१५.८२
डेनिश क्रोनर२३.२८२३.३७
हङकङ डलर१९.३९१९.४६
कुवेती दिनार४९३.८०४९५.७५
बहरेन दिनार४०३.३०४०४.८९
ओमानी रियाल३९४.९१३९६.४७
स्रोत : नेपाल राष्ट्र बैंक