काठमाडौं। सानिमा बैंकले देशका सातै प्रदेशमा गर्भवती तथा सुत्केरी महिलाहरूका लागि स्वास्थ्य शिविर र पौष्टिक खाना वितरण गरेको छ।
बैंकले समाजका लक्षित वर्गलाई प्रत्यक्ष लाभान्वित गराउने उद्देश्यका साथ स्वास्थ्य शिविर आयोजना गर्नुका साथै पौष्टिक खाना वितरण गरेको जनाएको छ।
बैंकका अनुसार गर्भावस्था तथा सुत्केरी अवस्थामा देखिन सक्ने पोषणको अभाव, रक्तअल्पता र अन्य स्वास्थ्य जटिलताहरूबाट आमा तथा नवजात शिशुलाई जोगाउन र यसको न्यूनीकरण गर्ने दीर्घकालीन लक्ष्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो।
यस अभियानअन्तर्गत बैंकले सातै प्रदेशका विभिन्न नगरपालिका, गाउँपालिका तथा वडा कार्यालयसँग समन्वय गरी करिब १०५० गर्भवती तथा सुत्केरी महिलाहरूलाई प्रत्यक्ष सेवा प्रदान गरेको छ।
शिविरमा सहभागी गर्भवती तथा सुत्केरी महिलाको स्वास्थकर्मीहरूद्वारा आवश्यक स्वास्थ्य जाँच गरिनुका साथै उनीहरूलाई ३ महिनाका लागि पुग्ने स्वास्थ्यप्रवर्धक पौष्टिक खाध सामाग्रीहरू वितरण गरिएको थियो।
बैंकले भविष्यमा पनि समाजका लक्षित वर्गमा सकारात्मक प्रभाव पर्ने किसिमका क्रार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।









