अरुण खोला जलविद्युत आयोजनाको लगानी जुट्यो, प्राइम बैंकले ३० करोड ऋण दिने

बिजमाण्डू
२०८३ असार १५ गते १७:४९ | Jun 29, 2026
अरुण खोला जलविद्युत आयोजनाको लगानी जुट्यो, प्राइम बैंकले ३० करोड ऋण दिने


काठमाडौं। प्राइम कमर्सियल बैंक दुई मेगावाट क्षमताको अरुण खोला जलविद्युत आयोजनामा लगानी गर्न सहमत भएको छ।

GBIME
Tata

यो आयोजनामा लगानी गर्न सम्झौतापत्रमा बैंकका तर्फबाट कार्यवाहक उपमहाप्रवन्धक नारायण प्रसाद श्रेष्ठ र हिमालयन इन्जिनियरिङ एण्ड इनर्जीका तर्फबाट संचालक अध्यक्ष ओम प्रसाद भट्टराईले हस्ताक्षर गरे। यो परियोजनाको अनुमानित लागत ४८ करोड ६४ लाख रुपैयाँ हो। आयोजनामा बैंकले ३० करोड ऋण दिनेछ।

आयोजनाबाट सुख्खायाममा ४.८६४ र वर्षा याममा ८.३१९ गरी जम्मा १३.१८ गिगावाट विद्युत उत्पादन हुनेछ। यो आयोजना पन्ध्र महिना भित्रमा निर्माण सक्ने लक्ष्य राखिएको छ।