अर्बिट ग्रुपको निरन्तर छलाङ, ब्रिटिस काउन्सिलबाट पायो प्लाटिनम अवार्ड ‘जिम्मेवारी थपियो’



बिजमाण्डू
२०८३ असार १२ गते १६:४८ | Jun 26, 2026
अर्बिट ग्रुपको निरन्तर छलाङ, ब्रिटिस काउन्सिलबाट पायो प्लाटिनम अवार्ड ‘जिम्मेवारी थपियो’

काठमाडौं। ब्रिटिस काउन्सिलले अन्तर्राष्ट्रिय शिक्षामा उत्कृष्ट योगदान पुर्‍याएको भन्दै अर्बिट मेडिकल इन्ट्रान्सलाई प्लाटिनम पाटर्नर अवार्ड दिएको छ।

Tata
GBIME
Nepal Life

काउन्सिलले नेपालमा सबैभन्दा उत्कृष्ट काम गरेको भन्दै सम्मान गरेको हो। काउन्सिलले बिहीबार एक कार्यक्रमका बीच अर्बिट समूहका प्रवन्ध निर्देशक सुनील रेग्मीलाई यो अवार्ड दिएको हो।

नेपालका लागि बेलायती राजदूतावासका सामाजिक विकास प्रमुख एन्ड्रियू लङले रेग्मीलाई यो अवार्ड हस्तान्तरण गरेका थिए। नेपालको आइएलटीएसको काम गर्दै आएको अर्बिट समूहको बजार हिस्सा ६० प्रतिशतभन्दा बढी रहेको छ। ‘हामीले वैदेशिक शिक्षामा अत्यावश्यक आइएलटीएसमा पुर्‍याएको योगदानको कदर गर्दै ब्रिटिस काउन्सिलले उत्कृष्ट सम्मान दिएर थप जिम्मेवारी बोध गराएको छ,’ रेग्मीले भने।

काउन्सिलले टप एशोसिएसन अवार्ड नेपाल शैक्षिक परामर्श संघलाई दिएको छ। काउन्सिलको गोल्ड अवार्ड केआईइसी लर्निङ सेन्टरले पाएको छ। काउन्सिलले सिल्भर अवार्ड द नेक्स्ट एजुकेशन कन्सलटेन्सीलाई दिएको छ। काउन्सिलको ब्रोन्ज अवार्ड भने एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज, एइसीसी स्टडी अबोर्ड कन्सल्टेन्सी, एओपी ग्लोबल कन्सल्टेन्सी, आइएलटीएस सेन्टर र ब्रिज इन्टरनेशनलले पाएका छन्।

काउन्सिलकी कन्ट्री एक्जाम डाइरेक्टर प्रतिष्ठा थापा रायमाझीले नेपालका हजारौ युवालाई अन्तर्राष्ट्रिय शिक्षामा जोडेर महत्वपूर्ण भूमिका खेल्ने व्यवसायिक साझेदारलाई सम्मान गर्न पाउँदा खुशी लागेको बताईन्।

काउन्सिल नेपालका हेड अफ बिजनेश डेभलपमेन्ट सुदर्शन सुवेदीले आफ्नो व्यवसायिक साझेदारले नेपाली विद्यार्थी र पेशाकर्मीलाई अन्तर्राष्ट्रिय अवसरसँग जोड्ने प्रयास सराहनीय रहेको बताए।