३० हजार टन युरिया मल आपूर्ति गर्न सिंगापुरको आदित्य बिर्ला ग्लोबल ट्रेडिङले पायो ठेक्का



बिजमाण्डू
२०८३ असार ११ गते १३:२४ | Jun 25, 2026
३० हजार टन युरिया मल आपूर्ति गर्न सिंगापुरको आदित्य बिर्ला ग्लोबल ट्रेडिङले पायो ठेक्का

काठमाडौं। ३० हजार टन युरिया मल आपूर्तिको ठेक्का सिंगापुरको आदित्य बिर्ला ग्लोबल ट्रेडिङले पाएको छ।

Tata
GBIME
Nepal Life

कृषि सामग्री कम्पनीले करिब दुई महिनाअघि मल खरिदका लागि अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरेको थियो। उक्त कम्पनीले १ करोड ६७ लाख ९२ हजार अमेरिकी डलर बराबरको ठेक्का हात पारेको हो।

अमेरिका-इरानको पछिल्लो तनावका कारण रासायनिक मल खरिद प्रक्रिया प्रभावित हुँदै आएको थियो। हर्मुजको साँघुरो जलमार्गमा देखिएको अवरोधका कारण ठेक्का लागिसकेको मलसमेत समयमै आयात हुन सकेको थिएन।

नयाँ ठेक्का लागेसँगै मल आपूर्तिमा देखिएको समस्या केही हदसम्म सहज हुने अपेक्षा गरिएको छ।