एमाले उपाध्यक्ष पौडेल अब प्रहरी हिरासतमा, विशेष अदालतले दियो ७ दिनको म्याद



बिजमाण्डू
२०८३ असार ९ गते १९:३१ | Jun 23, 2026
एमाले उपाध्यक्ष पौडेल अब प्रहरी हिरासतमा, विशेष अदालतले दियो ७ दिनको म्याद

काठमाडौं। विशेष अदालतले पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

Tata
GBIME
Nepal Life

विवादास्पद व्यवसायी दीपक भट्टसँगको कारोबारमा संलग्न हुनुका साथै अदृष्य व्यावसायिक साझेदारी देखिएको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पक्राउ गर्न लगाएका पौडेललाई अदालतले सात दिन हिरासतमा राख्न मंगलबार अनुमति दिएको हो।

विभागको पत्रका आधारमा प्रहरीले पौडेललाई सोमबार सुर्खेतस्थित एक होटलबाट पक्राउ गरेको थियो। उनलाई सडक मार्ग हुँदै रातारात काठमाडौं ल्याएर विभागले मंगलबार अपराह्न केहीबेर बयान लिएपछि हिरासतमा राख्ने म्याद लिन अदालतमा पेस गरेको थियो।

विशेष अदालतका सदस्यहरु नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले पूर्वमन्त्री पौडेललाई सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको हो।