एफएनसीसीआईका समितिले पाए नेतृत्व, राजस्व सभापतिमा अरनिको, अरु समितिमा को?



बिजमाण्डू
२०८३ असार ८ गते १९:३१ | Jun 22, 2026
एफएनसीसीआईका समितिले पाए नेतृत्व, राजस्व सभापतिमा अरनिको, अरु समितिमा को?

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले सल्लाहकारसहित परिषद् र विभिन्न समितिका सभापति मनोनीत गरेको छ।

Tata
GBIME
Nepal Life

महासंघको कार्यकारिणी समितिको सोमबार बसेको बैठकले पूर्वअध्यक्ष महेशलाल प्रधानलाई सल्लाहकार समितिको सभापति र पूर्वअध्यक्ष कुशकुमार जोशीलाई विज्ञता परिषद्को सभापतिमा मनोनीत गरेको छ। उनीहरुलाई अध्यक्ष अन्जन श्रेष्ठको प्रस्तावमा मनोनीत गरिएको हो।

त्यस्तै उद्योग वाणिज्य परिषद् सभापतिमा महासंघका जिल्लानगर क्षेत्रका उपाध्यक्ष कृष्णप्रसाद शर्मा र सहसभापतिमा जिल्लानगरतर्फकै अर्का उपाध्यक्ष दिलसुन्दर श्रेष्ठ मनोनीत भएका छन्।

वस्तुगत परिषद् सभापतिमा वस्तुगत संघ समूहका उपाध्यक्ष नरेशलाल श्रेष्ठ र रोजगारदाता परिषद् सभापतिमा एसोसिएट सदस्य समूहका उपाध्यक्ष प्रबलजंग पाण्डे मनोनीत भएका छन्।

त्यसैगरी कृषि उद्यम केन्द्रको सभापतिमा शिवप्रसाद घिमिरे, कर तथा राजस्व समिति सभापतिमा अरनिको राजभण्डारी, उद्योग समिति सभापतिमा उज्ज्वल श्रेष्ठ, व्यापार समिति सभापतिमा नवीन रिजाल र महिला उद्यमी विकास समिति सभापतिमा सुनिता नेमाफुकी मनोनीत भएको एफएनसीसीआईले जनाएको छ।

सूचना तथा सञ्चार प्रविधि विकास समितिको सभापतिमा सुनैना घिमिरे, स्थल यातायात तथा पारवाहन समिति सभापतिमा लिलेन्द्रप्रसाद प्रधान, पर्यटन तथा हवाई यातायात समिति सभापतिमा संघर्ष विष्ट, बैंक, वित्तीय तथा बीमा समिति सभापतिमा हेमन्त गोल्छा, निर्यात समिति सभापतिमा होमप्रसाद घिमिरे र व्यापार मेला समितिको सभापतिमा सविन श्रेष्ठलाई मनोनीत गरिएको छ।

यसैगरी शहरी विकास समितिको सभापतिमा विदुर धमला, स्वास्थ्य विज्ञान समिति सभापतिमा विप्लव अधिकारी, सीप विकास तथा रोजगार समितिको सभापतिमा नानीराज घिमिरे, स्टार्टअप एन्ड इनोभेसन समिति सभापतिमा सहारा जोशी, पुँजी बजार समिति सभापतिमा प्रियराज रेग्मी, सामाजिक सेवा समितिको सभापतिमा राजकुमार कार्की र उत्पादकत्व तथा गुणस्तर समितिको सभापतिमा रविन पुरी मनोनीत भएका छन्।