चितवन। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले सुशासन कायम गर्न सरकारले चाल्ने कदममा आफ्नो पार्टीले साथ दिने बताएका छन्।
उनले आइतबार रास्वपाको महाधिवेशन उद्घाटनका अवसरमा सुशासनका लागि सरकारले चालेका कदमले नेपाली जनतामा एक तहको आशा जगाएको भन्दै सुशासन र थिति बसाउने अभियानमा आफ्नो पार्टीले साथ दिने बताए।
‘सुशासनको एजेण्डामा रास्वपा र नेकपाको जति निकट सहकार्य अरुको भएको छैन। सुशासन र थिति बसाउने अभियानमा हामी सँगै थियौं, सँगै रहनेछौं,’ उनले भने।
वर्षमानले थिति बसाल्न चाहिने कदम विधिसम्म हुनुपर्नेमा ध्यानाकर्षण गराए। ‘थिति बसाउन चालेका कदम विधिसम्म र संविधानसम्मत होउन्। हामीलाई तपाइँहरुको नियतमा शंका छैन। तर सामाजिक न्यायसहितको संघीय लोकतान्त्रिक प्रणालीप्रति उच्च प्रतिबद्धता आइदियोस् भन्ने चाहन्छौं,’ उनले भने।










