आइएमईको सांगीतिक ब्राण्ड एम्बेस्डर बने सपुत, ‘प्रवाससँग दुरी घटाउने माध्यम हो संगीत’



बिजमाण्डू
२०८३ असार ६ गते १२:१२ | Jun 20, 2026
आइएमईको सांगीतिक ब्राण्ड एम्बेस्डर बने सपुत, ‘प्रवाससँग दुरी घटाउने माध्यम हो संगीत’

काठमाडौं। रेमिट्यान्स तथा भुक्तानी सेवा प्रदायक कम्पनी आइएमई लिमिटेडले चर्चित गायक तथा अभिनेता प्रकाश सपुतलाई आफ्नो सांगीतिक दूत नियुक्त गरेको छ। यसका लागि कम्पनी र कलाकार सपुतबीच सम्झौता भएको छ।

Tata
GBIME
Nepal Life

रेमिट्यान्स सेवालाई थप प्रभावकारी बनाउँदै ग्राहकहरूसँगको सम्बन्धलाई अझ बलियो बनाउने उद्देश्यले सपुतलाई आबद्ध गरिएको कम्पनीले जनाएको छ। आफ्ना मौलिक लोक सिर्जना र सामाजिक चेतनामूलक गीतहरूका कारण सपुत लोकप्रिय छन्। गाउँदेखि सहरसम्म र दूरदराजदेखि विदेशमा रहेका नेपालीहरूमाझ उनका गीतहरू उत्तिकै रुचाइएका छन्।

रोजगारीका लागि विश्व श्रम बजारमा पुगेका आम नेपालीहरूको भावनालाई सपुतले आफ्ना गीत संगीतमार्फत बोल्दै आएका छन्।

सम्झौता कार्यक्रममा आइएमई लिमिटेडका महाप्रबन्धक बद्री कटवालले सपुतका सिर्जनाले समाजको यथार्थ बोल्ने र नेपालीको मन छुने भएकाले यो सहकार्यले कम्पनीको अभियानमा एउटा छुट्टै आफ्नोपन थप्ने बताए। स्वदेश र विदेशको दूरीलाई कम गर्न संगीत सबैभन्दा बलियो माध्यम भएको र यसले प्रवासी नेपाली श्रमिकहरूका लागि सारथीको काम गर्ने उनले उल्लेख गरे।

त्यस्तै, कलाकार सपुतले आइएमई जस्तो प्रतिष्ठित संस्थासँग जोडिन पाउँदा आफू निकै उत्साहित भएको बताए।